२०८२ जेठ ३२ शनिवार

राशिफल

ब्राजिलमा बाढीका कारण ९१ जनाको मृत्यु

TOPSHOT – This handout photo taken on April 12, 2022 and received from the Philippine Coast Guard shows coast guard personnel evacuating local residents from their flooded homes in the town of Panitan, Capiz province as heavy rains brought on by Tropical Storm Megi inundated the area. (Photo by Handout / Philippine Coast Guard (PCG) / AFP) / —–EDITORS NOTE — RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO / PHILIPPINE COAST GUARD” – NO MARKETING – NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS

काठमाडौँ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । केही दिनदेखि ब्राजिलमा भारी वर्षा भइरहेको छ ।

भारी वर्षामा परेर ज्यान गुमाउने अधिकांश उत्तरी ब्राजिलको रेसिफे सहर र त्यस वरपरको क्षेत्रका रहेको ब्राजिलका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।

भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

रेसिफे सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो ।यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।