२०८२ असार २ सोमबार

राशिफल

नेपाल बैंकर्स संघका अनुसार १४ दिनमा ८३ अर्ब रुपैयाँ बढ्यो

काठमाडौं : स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो । यता निक्षेप बढेसँगै बैंकहरुले कर्जा लगानी समेत बढाएका छन् ।

संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् ।