काठमाडौं : सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।
उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालनमा छन् ।
सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ ।
तर उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउँदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
भाडा दर कार्यान्वयन गर्न ट्रक समितिहरुले ट्रकहरुलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेका छन् ।
तपाइँको प्रतिक्रीया