२०८२ जेठ २१ मङ्गलबार

राशिफल

‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज

काठमाडौं : आमिर खान र करिना कपुर स्टारर ‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज भयो । सामाजिक सञ्जालमा भिडियो सेयर हुनेबित्तिकै केही प्रयोगकर्ता फिल्मका दुई मुख्य कलाकारलाई लिएर विरोधमा उत्रिए ।

आमिर खानसँग सम्बन्धित एक पुरानो विवादलाई कोट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए ।

साथै, फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत उनीहरुले गरेका छन् ।आमिरले यसअघि भनेको ‘भारत असहिष्णु छ’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै एक ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘जसले भारतलाई सुरक्षित थलो ठान्दैन उसले आफ्नो फिल्मलाई पनि भारतमा रिलिज गर्नुहुँदैन ।

उनी पाकिस्तान वा अफगानिस्तानमा जानुपर्छ जहाँ उनका दाजुभाइ बस्छन् । यसकारण लाल सिंह चड्डालाई बहिष्कार गरौं ।’

अर्को एक प्रयोगकर्ताले नेटिजमलाई लिएर करिनाले यसअघि दिएको अभिव्यक्तिको कारण बहिष्कार गर्नुपर्ने तर्क अघि सारेका छन् । ‘लाल सिंह चड्डा हेर्नुहुन्न भन्ने दुईवटा तर्क मसँग छन् । एउटा करिना कपुरले हामीलाई फिल्म नहेर्नु भनेकी छन्, दोस्रो मैले फरेस्ट गम्प हेरसकेको छु र मैले म त्यसको आकर्षणलाई खुइलाइन चाहँदिन ।’

अर्का एक प्रयोगकर्ताले ट्रेलरमा प्रयुक्त सैनिक भाषा र शब्दावलीलाई लिएर टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘उनको नयाँ फिल्म आउँदैछ । सैनिक पोशाक लगाएर अभिनय गर्नु चुनौतीपूर्ण हो । सैनिकलाई लिएर पनि धेरै व्यंग्य गरिएको छ । आशा गर्छु दर्शकले यसलाई बहिष्कार गर्नेछन् । मलाई थाहा छैन, भारतीय सैनिकलाई उनले कसरी स्पष्टीकरण दिन्छन् । बहिष्कार गरौं ।’

आइतबार रिलिज भएको ट्रेलरलाई २४ घण्टामै ६२ मिलियन पटक हेरिएको छ । साउन २६ गते जनैपूर्णिमाको छेकोमा यो फिल्म सिनेमा हलमा रिलिज हुँदैछ ।