२०८२ असार ३ मङ्गलबार

राशिफल

नेपालको अवस्था पनि श्रीलंकाको जस्तो हुनसक्छ : पूर्वअर्थमन्त्री

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका छन् ।

हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए ।

आर्थिक वर्ष २०७९ र ८० को बजेटमाथिको छलफलमा बुधबार भाग लिंदै पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ ।

२ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ ।

डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?

उनले थपे, ‘१२ खर्ब ४० अर्ब रेभिन्यू कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाई अनि तपाईं डलर कहाँबाट दिनुहुन्छ पर्सिदेखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ । राजश्व पनि टाइँटाइँ फिस हुन्छ ।

यो पैसा उठेन पनि सक्दैन । त्यसो हुनेवित्तिकै तपाईंको बजेटको लक्ष्य कहिँ भेट हुँदैन ।