काठमाडौं : आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो।
घटेको मूल्य अनुसार बजारमा सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुन समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया