२०८२ असार ८ आइतबार

राशिफल

चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : चार किलो चाँदीका गहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरीलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरेको जानकारी दिनुभयो ।

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो ।

बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।