काठमाडौं : आर्थिक संकटले डुबाएको श्रीलंका सरकारले किसानहरूलाई रोपाइँ गर्न आग्रह गरेको छ ।
श्रीलंकाका कृषिमन्त्री दुमिंडा दिसानायके देशमा खाद्य संकट निम्तेको भन्दै सबै किसानहरूलाई धान रोप्न आग्रह गरेका हुन् । ‘हामी सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मेहनत गर्नुहोस्,’ उनले भने ।
खाद्य संकट पनि निम्तिने घोषणा गरिसकेको श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न यस्तो अपिल गरेको छ ।
श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । खाद्य बैंकले चामल तथा अन्य आवश्यक खाद्यान्न उपलब्ध गराउँने बताएको छ ।
तपाइँको प्रतिक्रीया