काठमाडौँ : सेयर बजारको परिसूचक नेप्से आज २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । आज ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा खुम्चियो ।
विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स उपसमूह ५ अंक बढे । बैंकिङ ५, होटल तथा पर्यटन ९, जीवन बीमा १५५, उत्पादन ३३, लघुवित्त १३, निर्जीवन बीमा १५७ र ब्यापार उपसमूह ३३ अंकले घटे ।
तपाइँको प्रतिक्रीया