काठमाडौं : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेलाई ठेगान लगाए जसरी नै ठेगान लगाइदिने धम्की दिएका छन्।
आफ्ना पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसमा एमाले जस्तै दम्भ र अहंकार पलाए ठेगान लगाइदिने चेतावनी दिए।
आफूले विगतमा एमालेसँग गठबन्धन हुँदै पार्टी एकता सही नियतले गरे पनि पछि नेतृत्वमा आएको दम्भका कारण विद्रोह गर्नुपरेको उनले बताए।
दम्भ कांग्रेसमा पलाउने हो कि भन्ने चिन्ता लागेको बताउँदै उनले कांग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउन खोजे विद्रोह गर्ने उनको भनाइ थियो।
तपाइँको प्रतिक्रीया