२०८२ जेठ ३२ शनिवार

राशिफल

पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिलामाथि सामूहिक बलात्कार

सांकेतिक फोटो

 

काठमाडौं : पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीहरूले आफ्नो मोबाइलमा बलात्कार गर्दै गरेको भिडियो समेत खिचेको बताइएको छ ।रिपोर्टका अनुसार बलात्कृत महिलाले बिना टिकट रेलको यात्रा गरिरहेकी थिइन् ।

रेलका कर्मचारीहरूले टिकट जाँच गर्ने समयमा उनीसँग टिकट नभएको थाहा पाएपछि उनलाई जनरल कम्पार्टमेन्टबाट सुनसान एसी कम्पार्टमेन्टमा जान भनिएको थियो ।

जहाँ २ जना टिकट चेकर र १ जना उनीहरूकै इन्चार्ज मिलेर उनी माथि सामूहिक बलात्कार गरेका थिए ।