काठमाठौं : बिरामी परेकी श्रीमतीका लागि औषधि किन्न बजार गएका १ पुरुषको शव आज बिहान इनारभित्र भेटिएको छ ।
सिरहाको गोलबजार नगरपालिका २ टुड्कीयाका बिष्णुदेव साहको शब आज इनारमा फेला परेको हो । उनी मंगलबार अपरान्ह औषधिका लागि साइकल लिएर बजारतर्फ गएका थिए ।
प्रहरीका अनुसार साह साइकलसहित इनारमा फेला परेका हुन् । स्थानीयले दिएको जानकारी अनुसार त्यहाँ पुगेर शव इनारबाट निकाल्ने क्रममा साइकल पनि त्यसमै फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए।
‘शव निकालेर मुचुल्का बनाउने काम भइरहेको छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘अब पोष्टमार्टमका लागि शव अस्पताल पुर्याउँछौं ।’ उनले घटना शंकास्पद देखिएको भन्दै अनुसन्धान भइरहेको बताए ।
इनारमा खसेर उनको मृत्यु नभएको र कसैले हत्या गरी त्यसमा फालेको हुनसक्ने स्थानीयको भनाई छ । मृतकका श्रीमती शिवोदेवीले बाटो बनाउने विषयमा गाउँमा झगडा भएको थियो र उनीहरुले नै मारेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।
साह एक महिना अगाडी मात्र वैदेशिक रोजगारबाट घर फर्केका थिए ।
तपाइँको प्रतिक्रीया