२०८२ असार ३ मङ्गलबार

राशिफल

नेपालमा इन्टरनेट सेवा कटौती हुँदै

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पान ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।

विद्युत् प्राधिकरणले सरकारको सहभाथिगतमा भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी पोलको भाडा बढाएको भन्दै सेवा प्रदाकयले आपत्ति जनाएका छन् ।

बढेको पोल भाडा तिर्ने गरी पोलभाडा सम्झौता नगरेको भन्दै प्राधिरकणले विद्युत आपूर्तिमै अवरोध पुर्‍याएको आईस्पानको आरोप छ । इन्टरनेट सेवा प्रदायकले पोल भाडा नबुझाएपछि प्राधिरकणले पटकपटक लाइन कटौती गर्ने चेतावनी दिँदै आएको छ ।

इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानको भनाइ छ ।