२०८२ जेठ ३१ शुक्रबार

राशिफल

लागुऔषधसहित २ युवक पक्राउ

काठमाडौं : महोत्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बलवा नगरपालिका–११ बस्ने १९ वर्षीय मजिबुल धुनिया र २१ वर्षीय मोहम्द साफिर धुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बुधवार साँझ प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरी टोलीले सम्सी गाउँपालिका–६ भेटपुर चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्रीलाई शंकाको आधारमा चेक जाँच गर्दा मजिबुललाई नाईट्रोभेट–१० लेखेको २ पत्ता ३० पिस र साफिरलाई २५ ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।