२०८२ जेठ २२ बुधबार

राशिफल

आजको राशिफल

मेष  :

चु, चे, चो, ला, लि, लु, ले, लो, अ  : आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।

 

मिथुन  :

का, कि, कु, घ, ङ, छ, के, को, हा: आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।

 

सिंह  :

मा, मि, मु, मे, मो, टा, टि, टु, टे : आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।

 

तुला  :

रा, रि, रु, रे, रो, ता, ति, तु, ते : ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।

 

धनु  :

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे :  राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

 

कुम्भ  :

गु, गे, गो, सा, सि, सु, से, सो, दा : आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

वृष  :

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो : आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

 

कर्कट  :

हि, हु, हे, हो, डा, डि, डु, डे, डो : परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

 

कन्या  :

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।

 

वृश्चिक  : 

तो, ना, नि, नु, ने, नो, या, यि, यु : आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

 

मकर  :

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि : आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।

 

मीन  :

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि: आज अधुरा र रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसाय विस्तारै सुधार उन्मुख हुनेछ ।