काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको छ ।
सडक किनारमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रीया