बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।
पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया