२०८२ जेठ २९ बुधबार

राशिफल

महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ  : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।

मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ ।