२०८२ असार २ सोमबार

राशिफल

अब म्यादी प्रहरीका लागि खुसीको अबसर

काठमाडौं : पालिका चुनाव२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो ।

उनले भने, सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।

उहाँका अनुसार शुक्रवार सीटीईभीटी गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।

म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा अहिलेलाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी कुक तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आउँदो दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताउनुभयो ।

तालिम आवश्यकताका आधारमा १४० घण्टा २७ कार्यदिन को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयबाट पालिकाको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भइ जान लागेका १ हजार ४ सयय म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो ।