२०८२ असार २ सोमबार

राशिफल

पाटन दरबारदेखि काठमाडौंको दरबारमार्गसम्म साइकल र्‍याली

काठमाडौं : साइकलमैत्री सहर बनाउन दबाब दिने उद्देश्यले शनिबार ललितपुरको पाटन दरबारदेखि काठमाडौंको दरबारमार्गसम्म साइकल र्‍याली गरिएको छ।

साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर हुँदै दरबारमार्ग पुगेर भेलामा परिणत भएको थियो।

नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै गएको अवस्थामा साइकलको प्रयोगमा प्रोत्साहन गर्न र्‍यालीको आयोजना गरिएको आयोजकले जनाएको छ।