काठमाडौं : अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ ।
सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन ।
सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’का उप निर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भने “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।”
संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताए ।
मङ्कीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् ।
साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग सङ्क्रमण मे देखि यूरोपमा पनि भेटिएको थियो । त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ ।
क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।
तपाइँको प्रतिक्रीया