काठमाडौं : भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या ३ हजार ९ सय ६२ पुगेको छ । यही समयमा त्यहाँ कोरोनाभाइरसका कारण २६ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ अहिले २२ हजार ४ सय १६ सक्रिय संक्रमित रहेका छन् । भारतमा शुक्रबार पनि ४ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।
भारतमा अहिलेसम्म ४ करोड ३१ लाख ७२ हजार ५ सय ४७ जनालाई कोरोनाभाइरस भएको छ भनेन ५ लाख २४ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
तपाइँको प्रतिक्रीया