२०८२ असार २ सोमबार

राशिफल

बारामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

काठमाडौं : बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आज दिउँसो पौने ४ जितपुर सिमरा उपमहानगरपालिका २३ कोइला डिपो अगाडि वीरगन्ज पथलैया सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।जितपुरबाट वीरगन्ज जाँदै गरेको प्र २ ०३ ०२२ प.५३०८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए।

मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका ६ बस्ने ३५ वर्षीय रंजित डोकानिया, पछाडि सवार चालककी ३३ वर्षीया कृति र उनका अन्दाजी ५ वर्षीय छोरा बोटला घाइते भएका थिए। उनीहरूको उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो।

उनको उपचारको क्रममा चालक रंजितको पौने ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।