२०८२ जेठ २९ बुधबार

राशिफल

यूईएफए नेसन्स लिग फुटबलमा इटाली र जर्मनीको खेल बराबरी

काठमाडौं  : यूईएफए नेसन्स लिग फुटबलमा इटाली र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् ।

समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा इटाली र जर्मनीले १/१ गोलको बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने इटालीले बनाएको थियो ।

खेलको ७० औं मिनेटमा लोरेन्जो पेल्लिग्रेनीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७३ औं मिनेटमा जोसुआ किमिचले गोल गर्दै जर्मनीलाई १/१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै लिग ए समूह ३ को इटालीले पहिलो खेलमा १ अंक जोडेको छ ।