२०८२ असार २ सोमबार

राशिफल

मोटरसाइकल दुर्घटनामा राप्रपा नेताको मृत्यु

काठमाडौं : मोटरसाइकल दुर्घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको आज बिहान मृत्यु भएको छ ।

दिक्तेलको रत्नपार्कमा शुक्रबार दिउँसो प्रदेश १‚ ० ५ ००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिएर गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका चालक १७ वर्षीय अभिषेख राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईले आमा विष्णुमाया राईलाई लिएर दिक्तेल बजार आउँदै गर्दा दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स अगाडि दुर्घटना भएको थियो ।दुर्घटनाकै दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।