२०८२ जेठ २४ शुक्रबार

राशिफल

मेयर शाह र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डौ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख सचिव उमेश रुपाखेतीले जानकारी दिए।

र भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।