काठमाडौं : पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार थप ९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया