२०८२ असार १ आइतबार

राशिफल

बंगलादेशमा कन्टेनर डिपोमा आगलागी हुँदा ४० जनाको मृत्यु, ४५० भन्दा बढी घाइते

काठमाडौं : दक्षिणपूर्वी बंगलादेशको एक निजी रासायनिक कन्टेनर डिपोमा हिजो राति भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतबार सो जानकारी दिएका हुन्।

चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरासुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा हिजो राति आगलागी भएको हो।

‘अहिलेसम्म ४० वटा शव शवगृहमा सारिएको छ’, चटगाउँ मेडिकल कलेज अस्पताल सीएमसीएच मा तैनाथ एक प्रहरी अधिकारीले पत्रकारहरूलाई भने।

‘रेड क्रिसेन्ट युथ चटगाउँ’का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै ‘ढाका ट्रिब्युन’ ले भन्यो, ‘यो घटनामा ४५० भन्दा बढी घाइते भएका छन्, तीमध्ये कम्तीमा ३५० जनालाई चटगाउँ मेडिकल कलेजमा राखिएको छ।