काठमाडौं : टेकुमा पेट्रोल पम्पको टयांकीमा विस्फोट भएको छ। विस्फोटमा परी दुई जना घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–३२ कनक पप्पमा रहेको इन्धन राख्ने ट्यांकीको ढकन खोल्ने क्रममा विस्फोट भएको हो।
विस्फोटमा परेर पर्साको जगन्नाथपुर गाउँपालिका–३ घर भएका ३० वर्षीय किशोरी साह र सोही ठाउँ घर भएका १८ वर्षीय दीपककुमार साह घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनीहरु दुवैलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।
पप्पको ट्यांकीको ढकन वल्डिङ गर्ने क्रममा ढकन खोल्दा विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा किशोरी शाहको बाँया खुट्टा, दुवै हात, अनुहार तथा छाती जलेको छ। दीपक कुमारको भने बाँया गाला जलेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया