राजिव शर्मा, सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकाबाट प्रसारणमा रहेको सामुदायिक रेडियो साल्पा एफ.एम.को रिपिटर टावरमा तोडफोड भएको छ ।
गत मङ्गलबार राती सोताङ गाउँपालिका ३ नार्केल डाडाँमा रहेको रेडियोको रिपिटर टावरमा प्रयोग भएको रेडियो लिङक तथा एनटेना सेक्सनको तार अज्ञात समुहले काटिदिएपछि रेडियोको प्रसारण अवरुद्ध भएको हो ।
टावरमा क्षति पुगेसँगै प्रसारण अनिश्चित कालका लागी बन्द भएको छ ।
विगतमा समेत पटक पटक रेडियोमा चोरी तथा तोडफोड भएकोमा हाल अज्ञात पक्षले रेडियोको टावरमा नै क्षति पुर्याएपछि प्रसारण अवरुद्ध हुनुका साथै करीब पन्ध्र लाख रुपैंया बराबरको क्षति भएको रेडियो संन्चालक समितिका अध्यक्ष भद्रगोल किराँतीले जानकारी दिए ।
यसैबिच, पत्रकार महासंघ सोलुखुम्बुले घटनाका सम्बन्धमा एक विज्ञप्ती जारी गदैं यस्ता कार्यले रेडियोको सुरक्षामाथी नै प्रश्न चिन्ह खडा भएको भन्दैे दोषिलाई चाडैँ कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न माग समेत गरेका छन् ।
तपाइँको प्रतिक्रीया