२०८२ असार १ आइतबार

राशिफल

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं   :  दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जना सङ्क्रमित थपिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो सँगै अहिलेसम्म दक्षिण कोरियामा १ करोड ८१ लाख ७४ हजार ८ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

दक्षिण कोरिया उच्च सङ्क्रमणको बिन्दु भन्दा केही तल झरेको छ । एक हप्ता अगाडिसम्म दैनिक १० हजारभन्दा धेरै सङ्क्रमित थपिने गरेका थिए । अहिले केही कम भएको भए पनि अझै उच्च जोखिम रहेको समाचार संस्था सिन्ह्रवाले जनाएको छ ।