२०८२ असार ३ मङ्गलबार

राशिफल

भारतमा बेहोस नेपाली, नेपाल ल्याउँदा मृत्यु

काठमाडौं : भारतीय सीमा सुरक्षा बल एसएसबी ले बेहोस अवस्थामा नेपाल ल्याएका एक नेपालीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गए राति करिब ९ बजे एसएसबीले बेहोस अवस्थामा एक नेपाली नागरिकलाई कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा छोडेको थियो ।

उनको उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको उमेर ३० र ३५ वर्षजस्तो देखिन्छ ।