काठमाडौं : शेयर बजार परिसूचक नेप्सेको ओरालो झरेको छ । नेप्से आज ४५.५९ अङ्कले घटेर २०२०.२३ विन्दुुमा झरेको छ ।
कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।
दुई सय ३४ वटा कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।
तपाइँको प्रतिक्रीया