२०८२ असार १ आइतबार

राशिफल

२ वर्षकी बालिकाले बन्दुक चलाउँदा २६ वर्षीय बुबाको मृत्यु

काठमाडौं : फ्लोरिडाको ओर्लेन्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अबोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको अरेन्ज काउन्टीका अधिकारीले संवाददाता सम्मेलनमा बताए ।

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशंका अनुसन्धान अधिकारीहरूले गरेका थिए तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाडमा गोली लागेको बयान दिएका थिए ।