२०८२ असार १ आइतबार

राशिफल

श्रीमतीले नै श्रीमानको हत्या गरेपछि…

काठमाडौं : श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मोनजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो ।

मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।