काठमाडौं : दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ ।
राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।
पहिले आफू शौचलाय गएको बेला छोरी हराएको भनेकी थिइन्’ प्रहरी एसपी काफ्ले भने, ‘घटनाबारे बुझ्दै जादा किशोरी आफैंले नै सेप्टिक ट्यांकीमा फालेको कुरा स्वीकारेकी छन् ।’
प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् । शिशुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रीया