२०८२ असार १ आइतबार

राशिफल

मौसम बिग्रिएपछि भारतबाट आएका जहाज फिर्ता

काठमाडौं : काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज फिर्ता भएका छन् ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ विमानस्थलमा फर्किएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै फर्किएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।

बुधबार साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो ।