२०८२ असार ३ मङ्गलबार

राशिफल

मर्स्याङ्दी र मध्यमर्स्याङ्दी विद्युत पनि भारतमा बिक्री

काठमाडौं : मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मर्स्याङ्दी र बिहीबारबाट मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाएको हो ।

बिहीबार मात्रै २८४ मेगावाट बिजुली भारत निर्यात हुनेछ । यो करिब ६८ लाख ३१ हजार ६०० युनिट बराबर हो । यसबाट नेपालले एक दिनमै ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ ।

त्रिशुलीबाट २३, देवीघाटबाट १४.३९ मेगावाट, कालिगण्डकीबाट १३८.९१ मेगावाट मर्स्याङ्दीबाट ६६.१४ मेगावाट, मध्यमर्स्याङ्दीबाट ४१.८१ मेगावाट बिजुली भारत जानेछ ।