काठमाडौं : पाकिस्तानको पन्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टायता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ ।
पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
सो स्थानमा बुधबार अपराह्न सवारीसाधनमै गोली हानेर चार यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।
सडकमै गोली प्रहार गरेर चारजनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।
तपाइँको प्रतिक्रीया