काठमाडौं : आज पनि बागमती करिडोर अन्तर्गत ललितपुरमा देखियो ।
सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ । गाडी पानीमा आधा डुबेको हो ।
को २ च २२०९ नम्बरको उक्त गाडी झापाबाट कुरियरका सामान बोकेर आएको थियो ।
यहाँ पानीको उचित निकासको व्यवस्था नभएकाले वर्षाको बेला प्राय पानी जम्छ र सो सडक हुँदै हुँदै यात्रा गर्नेहरुले धेरै दुःख पाउँछन् ।
पानीमा फसेको उक्त गाडीलाई अहिले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
तपाइँको प्रतिक्रीया