२०८२ असार १ आइतबार

राशिफल

श्रीलंका संकटमा रहँदा राजपाक्षेले दिए राजीनामा

काठमाडौं : श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट बढ्दै जाँदा राष्ट्रपति गोताबाया राजपाक्षेका भाइ एवम् पूर्व अर्थमन्त्री बसिल राजपाक्षेले संसद् सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले संसद् सचिवालयमा गई संसद्का महासचिव दम्मिका दासानायकेलाई राजीनामापत्र बुझाएको श्रीलंकाली अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपतिका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गएका कारण पछिल्लो समय श्रीलंकामा अत्यावश्यक वस्तुको झन् झन् अभाव देखिन थालेको बताइएको छ ।

केही दिनअघिमात्रै श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकमा इन्धनको मौज्दात सकिनै लागेको बताएका थिए ।