२०८२ असार ३ मङ्गलबार

राशिफल

अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नदिने : दूरसञ्चार प्राधिकरण

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

दूरसञ्‍चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले कुनै पनि आइएसपी वा इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमतिबिना दूरसञ्चार सेवा दिएको पाइए कानुनी कारबाही हुने बताए ।