काठमाडौं : युक्रेनले रुससँगको युद्धमा दिनदिनै १०० जना जति सैनिक मारिएको बिहीवार स्वीकार गरेको छ ।
युक्रेनका गृहमन्त्री ओलेक्सी रेज्निकोभले अप्ठ्यारा युद्धहरूमा दिनदिनै १०० सैनिक मारिएको र ५०० जना जति घाइते भएको बताएका हुन् ।
अग्रमोर्चामा परिस्थिति अत्यन्तै कठिन रहेको उनले बताए ।
यसअघि युक्रेनले आफ्ना सैनिकहरूलाई पुगेको क्षतिलाई निकै घटाएर अनि रुसी क्षतिलाई बढाइचढाइ गरेर प्रस्तुत गर्ने गरेको थियो ।
तपाइँको प्रतिक्रीया