काठमाडौं : वर्षातको समय सुरु हुनै लाग्दा युरिया मल को अभाव भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का किसानहरुलाई उत्पादन घट्ने चिन्ताले सताएको छ ।
रोपाइँ सुरु नहुँदै मलको अभाव झेलेका उनी यसपटक वर्षभर पुग्ने खाद्यान्न उत्पादन नहुनेमा किसानहरु चिन्तित छन् ।
‘खेती सुरु हुने बेला मल पनि छैन, खेत रोप्ने बेलासम्म मल आए पनि धेरै सहज हुने थियो ।
मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल अभाव भएपछि किसानहरुको चिन्ता बढेको हो ।
खेत रोपाइँको ‘सिजन’ सुरु हुन थाले पनि मलबिना नै रोपाइँ गर्नुपर्ने बाध्यता आइलाग्ने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ ।
प्रदेश सरकारको गठन भएलगत्तै पाँच वर्षअघि कर्णालीलाई अर्गानिक प्रदेश बनाउने अभियान सुरु भयो ।
प्रदेशमै प्रांगारिक मलको उत्पादनलाई प्रोत्साहन गर्दै उत्पादनलाई बढाउने सरकारको योजना पनि सेलाएको छ । किसानहरु रासायनिक मलकै चिन्तामा छन् ।
तपाइँको प्रतिक्रीया