काठमाडौं : बच्चालाई मोबाइलमा गेम खेल्न नदिएको कारण एक आमाले जीवनभरको पीडा बन्यो। घटना मुम्बईको हो। एक १६ वर्षीय किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको सानो कारणले नै आत्महत्या गरे ।
आत्महत्या गर्नुअघि किशोरले एउटा चिठ्ठी पनि लेखेका थिए। नोटमा उनले आत्महत्या गर्दैछु, अब कहिल्यै फर्किएर आउँदिनँ । मलाई खोज्ने प्रयास नगर्नुहोस् लेखेका थिए।
किशोरले नाम ओम भरत हो र उनको उमेर १६ वर्ष मात्र थियो। उनले सुसाइड नोटमा आफूलाई घरपरिवारले सधैं पढ्न दबाब दिने गरेको पनि लेखेका छन्।
बिहीबार साँझ ओम मोबाइलमा गेम खेलिरहेको बेलामा उनकी आमाले उनको हातबाट मोबाइल खोसेर पढ् भन्दै गाली गरेकी थिइन्।
बाहिर गएर केही समयपछि आमा घर फर्किँदा उनले ओमको सुसाइड नोट फेला पारेकी थिइन्। नोट भेटेपछि परिवारले डिन्डोशी प्रहरी चौकीमा खबर गरेको थियो।
डिन्डोशी प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक किशोरले शव फेला पारेको जानकारी पाए। प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ।
तपाइँको प्रतिक्रीया