२०८२ असार १ आइतबार

राशिफल

अमेरीकामा पनि सामान मूल्य आकासियो

काठमाडौं : अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी बढेको छ । अमेरिकाले खाद्यान्न र ऊर्जामा पछिल्लो ४० वर्षयताकै महँगीको सामना गर्नुपरेको हो ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९८१ यताकै उच्च महँगीको मारमा अमेरिका परेको छ ।

अमेरिकाको श्रमिक विभागका अनुसार यो वर्ष महँगी दर ८.६ प्रतिशतका दरले बढेको छ । जुन, अघिल्लो महिनाको प्रक्षेपणभन्दा बढी हो ।

महँगी बढेसँगै अमेरिकाका मध्यम र निम्न वर्गीय सर्वसाधारण समस्यामा परेका छन् । यस्तै, नीति निर्माता समेत महँगीबाट प्रभावित बनिरहेका छन् ।

सन् २०२१ मेको तुलनामा अमेरिकामा खाद्यान्नको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ऊर्जाको मूल्य ३४ प्रतिशतसम्म उकालो लागेको बताइएको छ ।

अहिले अमेरिकामा खाद्यान्न र ऊर्जाको भाउ मात्रै बढेको छैन । बरु, एयरलाइन्सको टिकटको मूल्य, औषधी र लत्ताकपडाको मूल्य समेत आकासिएको छ ।