काठमाडौं : अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान हटाएको छ ।
अन्तर्राष्ट्रिय उडानमा जानु एकदिन अघि यात्रीहरूले कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधानलाई भोलिदेखि लागू हुने गरी हटाइएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ ।
अमेरिकाले सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा कोरोना नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने बाध्यता हटाएको हो ।
स्वास्थ्यमन्त्री जेभियर बेसेराले कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको बताउनुभयो ।
कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।
।
तपाइँको प्रतिक्रीया