२०८२ असार ३ मङ्गलबार

राशिफल

घरको छतबाट खसेर १ जनाको मृत्यु

काठमाडौं : काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी मैनालीले बताए।ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए।

घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो।

त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ।