काठमाडौं : काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया