२०८२ जेठ २९ बुधबार

राशिफल

पछिल्लो २४ घन्टामा १७ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनाको नतिजा पोजिटिभ आएको हो ।

एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर ११ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ ।